जेठ ५ काठमाण्डौँ ।
नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत हुनु भएको छ । आज दिउसो संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा एकीकरणपछि बसेको पहिलो बैठकले ओलीलाई सर्वसम्मत संसदीय दलको नेता चुनेको हो ।
नेकपाका नेता देव गुरुङले ओलीको नाम प्रस्ताव गर्नु भएको थियो ।
गुरुङले ओलीको नाम प्रस्ताव गर्ने वित्तिकै उपस्थित सबै सांसदले ताली बजाएर समर्थन गरेको बताइएको छ । बैठकमा पार्टी एकीकरण भएको खुशीयालीमा चक्लेट बाँडिएको थियो ।