भारतीय फिल्म उद्योगमा केही यस्ता धनी अभिनेत्रीहरु छन् जो आफ्नो निजी विमान चढ्छन् । उनीहरसँग निजी जेट रेहेको समाचार भारतीय सञ्चार माध्मले उल्लेख गरेका छन् ।
सन्नी लियोनी
यस लिस्टमा पहिलो नाम आउँछ, पूर्वपोर्नस्टार र वर्तमान बलिउड नायिका सन्नी लियोनीको । अमेरिका छाडेर पति ड्यानियलका साथ तीन बच्चासँग भारतमा बसिरहेकी सन्नीलाई थप परिचयको खाँचो छैन । उनी आफ्नो स्टारडमले फिल्म सफल बनाउनेसम्मको हिम्मत राख्छिन् । सन्नी र उनका पति ड्यानियल वैबरसँग आफ्नै विमान छ । जसमा उनीहरू कहिलेकाहीँ बिदा मनाउन निस्किने गर्छन् ।
प्रियंका चोपडा
बलिउडदेखि हलिउडसम्म नाम कमाइरहेकी प्रियंका चोपडा महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । प्रियंकाले आफ्नो क्षमता र मिहिनेतका कारण यति ठूलो सफलता हात पारेकी छिन् कि जहाँ उनलाई कुनै भौतिक सुखको अभाव छैन । कामको नतिजास्वरूप अहिले उनीसँग निजी जेट विमान छ । विमान यात्राका दौरान निकै मस्ती गरिरहेको तस्बिर तथा भिडियो उनले सार्वजनिक गर्ने गरेकी छिन् ।
शिल्पा शेट्टी
फिटनेसका कारण संसारभर चर्चित अभिनेत्री शिल्पा शेट्टीसँग पनि निजी जेट विमान छ । १९९० को दशकमा हिट फिल्म दिएकी उनले बिजनेस म्यान राज कुन्द्रासँग २००९ मा विवाह गरेकी थिइन् । उनका पति नामुद व्यापारी हुन् । उनीहरू निजी जेटमा छुट्टि मनाउन बाहिर जाने गरेका छन् ।