५ जेठ, बुटवल ।
बुटवलको फुलबारी तथा मणिमुकुन्द शेन पार्कमा प्रदेश स्तरीय फोंटो प्रदर्शनी आज सनिबार देखी शुरु भएको छ ।
पांच नम्बर प्रदेशलाई फोंटोको माध्यामबाट देश विदेशमा चिनाउने गरी फोंटो प्रदर्शनीमा यस प्रदेशमा रहेका ऐतिहासीक , धार्मिक , पुरातात्विक फोटा रहेका छन् । बुटवलको जितगढी देखी बदिया राष्ट्रिय निकुञ्जको एकसिगे गौडा सम्म गरि १ सय ५० फोटो राखिएको छ ।
दुई दिनसम्म चल्ने फोटो प्रदर्शनीको सनिबार एक समारोहका बिच पांच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्धाटन गर्दे प्रदेशका फोटाले आन्तरिक र वाह् पर्यटन भित्राउन निकै मद्धत पुराउने बताए ।
पाच नम्बर प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजानको लागि मुख्य आधार पर्यटन ब्यावसाय बन्ने भन्दै प्रदेश सरकार ,निजि क्षेत्र सवै मिलेर काम गर्नुपर्ने बताए ।
प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले यो प्रदेशमा पर्यटन निकै सम्भावानालाई अवसरको रुपमा सदुपयोग गर्नको लागि प्रदेश ,केन्द्र र स्थानीय तहले समन्नय गरेर काम गर्नु पर्ने बताए ।
विभिन्न महत्पूर्ण ठाउंका ६ बाई चारका फोटाहरु र पर्यटन प्रवद्र्वनसंग सम्बन्धित संघसंस्थाहरुका पनि फोंटाहरु राखिका छन् ।
दुई दिनसम्म चल्ने उक्त प्रदर्शनी अवलोकनका लागि टिकट निःशुल्क गरिएको समेत छन् । बुद्ध वल्ड राइडर्स नेपालको आयोजनामा देशका विभिन्न स्थानमा रहेका पयटकीय स्थलहरु भ्रमणका लागि काठमाण्डौबाट हिडेको १२५ जनाको भ्रमण टोलीले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए ।