रेडियो रिपब्लिक / जेष्ठ ७ गते बुटवल ।
अर्घाखाची जिल्ला शितगंगा नगरपालिका ११ निवासी वर्ष ६ की सुमिता खाम्चा ढिस्कोले च्यापिएर घाईते भएपछि उनको लुम्बिनी अंचल अस्पतालको सर्जिकल वार्डको बेड नं २७ मा राखि उपचार भईरहेको छ ।
बैशाख २२ गते साथीहरुसंग खेल्नेक्रममा ढिस्कोले च्यापीएका कारण फोक्सोमा रगत जमेको डाक्टर भुवन पौडेलले बताउनुभएको छ ।
निम्न वर्गिय खाम्चाको लुम्बिनी अंचल अस्पतालमा कार्यरत अहेव भट्टराईको संरक्षणमा अंचल अस्पतालमा उपचार भईरहेपनि थप उपचारको लागी कान्ती बाल अस्पाल काठमाडौ लैजान पर्ने तर आर्थिक अभावका कारण काठमाडौ लैजान नसकिएको खाम्चाका बुवा कर्ण बहादुर खाम्चाले बताउनुभएको छ ।
बिरामि भेटन लुम्बिनी अंचल अस्पताल पुगेका रेडियो रिपब्लिकका स्टेसन म्यायानेजर उषा किरण पन्थ र पत्रकार माया केसि ले आर्थिक सहयोग का लागि पहल गरे लगतै अस्पताल का बिरामि कुरूबा रेसम रसाईली बुटवलबाट १०,००० र , ईन्द्र राईबाट ६ हजार ५ सय , विन्दु क्ष्ँेत्री बनकटटाबाट २ हजार ५ सय र लिला श्रेष्ठबेलबास बाट ५०० सहयोग गरेका छन ।
यस्तै अमृत धामी २००० प्रदेश सांसद दिपा विक १००० यादव सिंह कार्की पाल्पा बाट रु २०००,ईन्जिनियर दुजेन्द्र बस्नेत तिलोत्तमा बाट रु २००० , तिलोत्तमा सिर्जनशिल समाज रुपन्देही का अध्यक्ष सन्तोष केसि बर्माबाट ५०००, रेडियो रिपब्लकका मार्के्टिंग प्रमुख कमला महत बाट रु १०००, रेडियो रिपब्लकका कोषाध्यक्ष हिरामणी न्यौपाने सन्तोष बाट ५००० , रेडियो रिपब्लकका समाचार प्रमुख सारदा मरासिनी(सरु) वाट रु १००० रुपैयां सहयोग प्राप्त भएको छ ।
हालसम्म भैरहवाको युनिभर्सल मेडिकल कलेज मेडिटेक , लुम्बिनी अंचल अस्पताल लगायतका अस्पतालमा उपचार गर्दा ४० हजार भन्दा बढि खर्च भईसकेको र थप उपचारको लागी समस्या परेकोले सहयोगको लागी सवैलाई घाईते खाम्चाका बुवा कर्ण खाम्चाले अपिल समेत गर्नुभएको छ ।