काठमाडौं, ७ जेठ– राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका छन् ।
घिमिरेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवत्ता विनोद अधिकारीका अनुसार ग्यास्ट्रोको समस्या भएर उनी अस्पतालमा उपचारका लागि आएका हुन् ।
घिमिरे उपचारपछि आजै घर फर्किने बताइएको छ । घिमिरे नियमित स्वास्थ्य परीक्षणका लागि आएको अस्पतालले जनाएको छ ।
उनी ग्यास्ट्रिक र हाडजोर्नीको नियमित फलोअपमा अस्पताल आएको बताइएको छ । पछिल्लो चार वर्षयता घिमिरे चिकित्सकको नियमित परामर्शमा छन् ।
उमेरले एक शताब्दी पुग्न लागेका राष्ट्रकवि घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।