रुपन्देही, भदौं २४ – रुपन्देहीमा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म (डण्डा) ले अवैध सुनसहित एक भारतीय नागरिकलाई सीमानाका बेलहियाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका ४१ वर्षे उपेन्द्र मिश्रलाई रहेको प्रहरीले सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट ३४ तोला अवैध सुन बरामद गरेको छ ।
मिश्रले सुन भैरहवाका एक यक्तिलाई दिनका लागि भारतबाट अवैध रुपमा ल्याएको बताएका छन् ।