७ जेठ, । राष्ट्रकवि माधव घिमिरे बिरामी परेका छन् । अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । तर, स्वास्थ्यमा सुधार नआएपछि घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।
उनी तीन महिनादेखि बिरामी भएको पारिवारिक स्रोतले जनायो ।
९९ वर्षीय घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ । तर, विगत दुई हप्तादेखि उनको दिसामै रगत देखिन थालेपछि स्वास्थ्य झन् बिग्रिएको हो । त्यसयता उनको दिसामा निरन्तर दिसा देखिएको छ । उपचार गर्दा पनि रोकिएको छैन ।
ग्राण्डी अस्पताल स्रोतका अनुसार नेपालमा उपलब्ध सबै प्रविधि प्रयोग गरेर उपचार गर्दा पनि घिमिरेको स्वास्थ्यमा कुनै सुधार आएको छैन ।