जेठ ९ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।
विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उहालाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।
परिवार स्रोतका अनुसार ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकविको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको थियो ।
९९ बर्षिय घिमिरेको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेको नेतृत्वमा डा। विवेक शर्मा, डा। अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको थियो ।