जेठ ९ तिलोत्तमा।
करहिया मक्रहर खानेपानी उपभोक्ता समिति तथा सरसफाइ सस्थाको अध्यक्षमा युवा नेता यज्ञ गैरे सर्बसम्मत चुनिनु भएको छ ।
सस्थाको अधिवेशन तथा साधारण सभामा स्थानीय दलका प्रतिनिधि र उपभोक्ता सदस्यहरुबीच सहमति भएपछी गैरे सर्बसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।
सस्थाका बाकि सबै पद पनि सर्बसम्मत भएका छन । जसअनुसार बरिष्ठ उपाध्यषमा लक्ष्मण खनाल, उपाध्यक्षमा कोपिला एसी, सचिवमा निलकण्ठ ज्ञवाली र कोषाध्यक्षमा अञ्जना गुरुगं चयन हुनु भएको छ ।
त्यस्तै सदस्यमा भीमकान्त पौडेल, शान्ति उपाध्याय,अमर बहादुर गाहा, हरि प्रसाद अर्याल, जीवराज न्यौपाने, राम प्रसाद भुसाल, राम बहादुर थापा तथा लेखा समिति संयोजकमा रेवतिरवण तिमल्सिना र सदस्यहरुमा गणेश भण्डारी तथा निलकण्ठ भट्टराई चयन हुनु भएको छ ।
तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख बासुदेव पौडेको बिशिष्ठ आतिथ्यमा साधारण सभा तथा अधिबेशन सम्पन्न भएको थियो ।