जेठ ९ बुटवल ।
पहिलो कम्युनिष्ट प्रधानमन्त्रि मनमोहन अधिकारीको स्मृतिमा पर्सीदेखि बुटवलमा १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बु्टवलको फिफा टेक्निकल सेण्टरमा हुने प्रतियोगिताको तयारी पुरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरि युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटीले जानकारी दिएको छ ।
बुटवल उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा यशोधा फुड्स प्रालि ९लाली चाउचाउ० र खेलप्रेमी अर्जुन बश्यालले प्रायोजक रहने युवा संघका नगर अध्यक्ष धनसिह खाम्चाले जानकारी दिनुभयो।
बुटवलका १९ वटै वडा सहभागि भई दुई हप्ता चल्ने प्रतियोगितामा करीब ४ लाख २५ हजार खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रममा बोल्दै युवा संघ नेपाल रुपन्देहीका जिल्ला सचिव कृष्ण थापाले स्थानीय खेलाडीलाई अवसर दिने प्रतियोगितामा बुटवल बाहिरका खेलाडी सहभागि हुन नपाउने बताउनु भयो ।
प्रतियोगितामा विजेता टिमले नगद ५० हजारसहित शिल्ड, प्रमाणपत्र, मेडल उपविजेता टिमले नगद ३० हजारसहित शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा उत्कृष्ट विद्यामा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक प्रकाश क्षेत्रीले बताउनु भयो । अघिल्लो वर्ष आयोजना भएको १४ औ संस्करणमा साबिक वडा नं। १० ९हालको वडा नं। ८० विजेता रहेको थियो ।
फिफा टेक्निकल सेन्टरमा प्रतियोगिता हुने भएपनि निशुल्क हेर्न दिने व्यवस्था मिलाएको र पर्सी उद्घाटन खेलमा वडा नं। ५ र वडा नं। १६ का बिचमा खेल हुने कमिटिका सहसचिव विकास बस्नेतले बताउनु भयो।