जेष्ठ १०, बुटवल । बुटवलमा पहिलो पटक रसियानी डीजेको विशेष प्रस्तुती हुने भएको छ । बुटवलको द कन्सेप्ट क्लव बुटवल कालिका नगरमा उक्त कार्यक्रम हुने ईभेन्ट संयोजक अनमोल सिंहले जानकारी दिए । ए एण्ड ए ईभेन्टाको आयोजानमा बुटवलको पहिलो पटक अन्तराष्ट्रिय स्तरको डिजे प्रस्तुती हुने भएको हो ।
रसियन डिजे रिनाको विशेष प्रस्तुती रहने सांगीतिक कार्यक्रम यहि जेठ ११ गते शुक्रबार हुने छ । कार्यक्रममा सहभागीताको लागि ५ सय देखि एक हजार रुपैयाँको टिकट व्यवस्थापन गरिएको ईभेन्टले जनाएको छ । समर फन सिजन–३ नेपाल टुर २०१८ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम बुटवलको अलवा पोखरा, काठमाण्डौ, भरतपुर समेत हुने छ ।