११ जेठ, बुटवल । सानो लाइ ऐन ठूलोलाई चैन भनेको यहि हो । रुपन्देहीको कोटीहवा बनकट्टीमा संचालित पाँच तारे होटल टाइगर रिर्सोट संचालन भएको धेरै समय भएको छैन तर छोटो समयमा नै रिर्सोटलाई विभिन्न खालका आरोपहरु लागेर बिबादमा आउने गरेको छ । बिना स्वीकृत क्यासिनो संचालन गरी मदिरा बेचबिखन गरेको आरोपमा राजश्वले छापा मारेको केहि समय बित्न नपाउदै रिर्सोटको फोहोर नहरमा फाली जनस्वास्थ्य माथि गम्भीर खेलवाड गरेको छ ।
अर्बौको लगानीमा रुपन्देहीको कोटीहवा बनकट्टीमा संचालित पाँच तारे होटल टाइगर रिर्सोटले जनस्वास्थ्य माथि गम्भिर खेलवाड गरेको पाइएको हो । पाँच अर्ब बढीको बिदेशी लगानीमा संचालित होटल टाइगर प्यालेसले जताभावी फोहोर नहरमा फाल्दा बनकट्टी गाउमा दुर्गन्ध फैलिएको छ ।
होटलले भान्सा, स्वीमिङ्ग पुल, लण्ड्री आदीको पानी गाँउको बिचबाट बग्ने अमवा नहरमा सिधै मिसाएको छ । टाइगर प्यालेसले दुइ वटा ठल पाइप राखेर होटलको सफोहोर पानी कुलोमा फालेको हो । जसमा सेफ्टी ट्याङ्कीको फोहोर सम्म मिसाउने गरेको स्थानीयको दावी छ । होटलले रातको समयमा सेफ्टी ट्याङ्कीको फोहोर सिधै नहरमा मिल्काउने गरेको होटलमै कार्यरत एक जना कर्मचारीले बताए ।
जसका कारण बनकट्टी, गंगापुर, कर्मडाडा र अमवा गरी चार मौजा सिचाइ गर्ने अमवा नहर फोहोरको डुङ्गर बनेको छ । कुलो नजिक दुर्गन्धले नाक थुन्नु पर्ने अवस्था छ । नहरमा पानीको रङ्ग कालो निलो देखिन्छ । दुर्गन्धित नहरकै कारण गाँउकाबस्ति भाउ बिरामी पर्न थालेका छन । नहरको पानी खाएर बाख्रा समेत मरेको स्थानीयले बताए ।
‘हाम्रा बस्तु भाउलाइ हिजोअाज सकेसम्म नहरको पानी खान दिदैनौ खाइहाले बिरामी पर्छन’ बनकट्टीकी सावित्री कोइरीले भनीन । नहरकै कारण गाँउमा गत चैतमा झाडापखाला समेत फैलिएको स्थानीय सुकमाया बिकले बताइन ।
बनकट्टीका स्थानीयले एक बर्ष अघि सम्म त्यही नहरको पानी बस्तुभाउलाइ खुवाउथे । लुगा धुन र करेसा बारी सिचाइकालागि पानी प्रयोग गर्थे । बनकट्टी, गंगापुर,कर्मडाडा र अमुवा गरी चार मौजा सिचाइ गर्ने सो नहर अहिले भने फोहोरको डङ्गुर बनेको छ । कुलो नजिक दुर्गन्धले नाक थुन्न’ पर्ने अवस्था छ । नहरमा पानीको रङ्ग कालो निलो देखिन्छ । दुर्गन्धित नहरकै कारण गाँउमा लामखुट्टे तथा अन्य रोगका जिवाणु फैलने संभावना बढेको छ ।
५ अर्बको विदेशी लगानी गर्दा कम्तीमा १५ करोडको सामाजिक उत्तरदायित्व बहन सहितको सामाजिक सहयोग तथा संरचना निर्माण गरीदिनुपर्नेमा रिर्सोटले न्युनतम सामाजिक उत्तरदायित्व समेत बहन गरेको छैन ।
उसले सुरुमा स्थानीयलाइ काम दिने, २५ फुटको बाटो निर्माण, नहरलाइ पक्की बनाउने सार्वजनिक संरचना निमार्ण गरीदिने प्रतिबद्धता जनाएको भएपनि अहिले उसले ती काम गनर्को साटो उल्टै फोहोर सार्वजनिक नहरमा मिल्काएर जनस्वास्थ्य मााथि गम्भिर खेलवाड गरेको हो । यस बिषयमा प्रतिकृया लिन होटलका जनरल म्यानेजर ब्रिटलाई सम्पर्क गर्दा उनले पटक पटक फोन काटेका छन भने अर्का जनरल म्यानेजर केभिन विलकुक्स्ले यस बिषयमा प्रतिकृया दिन चाहेनन ।
तिलोत्तमा नगरपालिकाले हिजोआज नगरप्रमुख कै सहभागितामा दिनहु सरसफाईका कामहरु गदै गर्दा टाईगर रिसोर्टको त्यति ठुलो लापरवाहि कसरी लुकिरहेको छ ? तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले टाईगर रिसोर्टको लापरवाहिका बिषयमा जानकारी लिन वडा अध्यक्षलाई निर्देशन दिईसेको बताएका छन । नगरपालिकाले आफ्नो फोहोर आफै ब्याबथापन गर्न र सामाजिक उत्तरदायित्वका काम पुरा गर्न निर्देशन गरिसकेको घिमिरेले जानकारी दिए । साथै सो रिसोर्टले केहि सार्बजनिक जग्गा पनि मिचेको आसंकामा नगरपालिकाको नापी टोलिले नाप जाच शुरु गरिसकेको श्रोतले जनाएको छ ।