जेठ १२
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले भोली जवाफ दिनुहुने भएको छ ।
संघीय संसदमा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र ११ गते लगातार छलफल भएको थियो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान ११ बजे बस्ने बैठकमा जवाफ दिने कार्यसुची रहेको छ । नीति तथा कार्यक्रममा अधारित रहेर सरकारले जेठ १५ गते बजेट ल्याउने भएको छ ।