रेडियो रिपब्लिक / जेठ १३ आइतबार बुटवल ।
बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा नम्वर १२ बिजयी भएको छ ।
फिफा टेक्निकल सेन्टरमा भएको खेलमा वडा नम्वर ७ लाई शुन्यका बिरुद्ध एक गोल गरी वडा नम्वर १२ बिजयी भएको हो । आजको खेलमा वडा नम्वर १२का जर्सि नम्वर १० का सरद कुमार क्षेत्रीले १६ औं मिनेटमा निर्णयक गोल गरेका थिए ।
आजको खेलमा वडा नम्वर ७ का जर्सि नम्वर ७ का मोहन थापा म्यान अफ दी म्याच बन्न सफल भए भने वडा नम्वर सात कै यमलाल न्यौपानेले पहेलो कार्ड पाएका थिए । म्यान अफ् दी म्याज बनेका थापालाई बुटवल वडा नम्वर ७ का वडा अध्यक्ष कमल प्रताप थापाले पुरस्कार प्रदन गर्नुभयो ।
भोलीको खेल वडा नम्वर२ र वडा नम्वर १० का बीचमा हुने आयोजक युवा संघ नेपाल बुटवल नगर समितिका सहसचिव बिकास जंग बस्नेतले जानकारी दिनु भयो ।
जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १८ वटा वडाको सहभागिता रहेको छ । बुटवलका १९ वडा मध्ये एउटा वडा मात्रै प्रतियोगितामा सहभागि भएको छैन ।
प्रतियोगिताको बिजेताले ५० हजार नगद तथा उप बिजेतालाई ३० हजार नगद पुरस्कार सहित टफि प्राप्त गर्ने छन।