रेडियो रिपब्लिक /जेठ १४ बुटवल ।
बुटवल ११ योगिकुटीमा संचालनमा आईरहेको योगिकुटी हाटबजारलाई स्थानन्तरण गरिएको छ । जोगिकुटी देवस्थल मन्दीर परिषरमा संचालन हुदै आएको बजार तिलोत्तमा २ नेपाल बिधुत प्राधिकरण ग्रिड स्टेशन अगाडी स्थान्तरण गरिएको हो ।
हाटवजारको आज एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले उद्दयाटन गर्नु भयो। घिमिरेले योगिकुटी हाटबजारलाई उत्कृष्ठ हाटवार बनाउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाले हाटबजारमा गुणस्तरहीन, सडे गलेका र मअन लाग्दो मुल्यमा सामान पाइन्छ भन्ने मानसिकता तोडन बिशेष सजग रहन आग्रह गर्नुभयो । उहाले नगरपालिकाको प्लाष्टिकका झोला र गिलास रहित अभियानलाई कडाइका साथ लागू गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडानम्वर २ का वडाध्यक्ष दधिराम गौतमले तत्काल निर्वाहमुखि अवथामा संचालन रहेको बजारलाई आगामि बर्षदेखी व्यवस्थित गरिने बताउनु भयो।
बुटवल उपमहानगरपालिका वडानम्वर १० का वडाध्यक्ष पदम थापाले तिलोत्तमा नगरपालिकाको क्षेत्र भित्र संचालन हुने हाटबजार भए पनी बुटवल उपमहानगरपालिकाको तर्फ बाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भयो। हाटबजार व्यवसायी संघ रुपन्देहीका महासचिव नेत्र पोखरले हाटबजार व्यवसयीले सुरक्षित साथ व्यवसाय गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो। जोगिकुटी हाटबजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष केशव न्यौपानेको स्वागत र सचिव डिल्लिनारायण पाण्डेको संचालनमा भएको थियो ।