रेडियो रिपब्लिक /जेठ १७ बुटवल ।
आज विश्व धुम्रपान तथा सुर्ति रहित दिवस । सुर्तिजन्य पदार्थले मानव स्वास्थयमा पार्ने नकारात्मक असर बारे सचेतनामुलक कार्यक्रम गरेर विश्वभर मनाइदैछ ।
धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यसअर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा आज संसारभरी जनजागरण फैलाईन्छ ।
विश्व स्वास्थ्य संगठन धजय को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवश मनाउने गरिन्छ ।
सुर्तिजन्य पदार्थको खपत कम गर्न प्रभावकारी निति निर्माण आवशयक रहेको तर्फ दिवसले विश्व समुदायको ध्यान आकर्षण गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालको तथ्याङकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ । सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।