शारदा मरासिनी (सरु)
रेडियो रिपब्लिक बुटवल असार २८ ।
तिज आउन धेरै समय बांकी नै छ तर नेपाली कलाकारलाई भने तिजका गितहरु सांगितक बजारमा ल्याउने क्रम सुरु भएको छ ।
नेपाली लोक गितको बजारमा विभिन्न किसीमका छनक दिने खालका तिज गितहरु बजारमा आउन थालेका छन ।
केहिले बजारमा आफना तिज कोसेलीहरु ल्याईसकेका छन भने केहिले बजारमा ल्याउन बाकी नै छ ।
यसबिचमा नेपाली लोकगितसंगितमा आफनो भविष्य खोज्दै दौडिरहेका गायक लोकेन्द्र सापकोटाले आफनो यो वर्षको तिज गित सार्वजनिक गरेका छन ।
गितमा लोकेन्द्र सापकोटाको लय शब्द र जमुना सापकोटा र लोकेन्द्र सापकोटाकै स्वर रहेको छ ।
आशिष म्युजिकले बजारमा लिएर आएको गितको भिडीयोमा मदन खडका , रिना थापा ,अनु र गणेश नाचेका छन ।
मदन खडकाले निर्देशन गरेको भिडीयोलाई टंक केसीले खिचेका छन भने विकास ज्ञवालीले सम्पादन गरेका छन ।
यो गितले तिजमा सवैलाई नचाउन सफल होस हाम्रो तर्फबाट शुभकामना ।