शारदा मरासिनी (सरु)/
रेडियो रिपब्लिक बुटवल ।
नेपाली सांगितीक बजारमा तिज गित आउनेक्रम सुरु भएसंगै गायिका यमुना अर्यालले सिरीमा सिरी बतासै चल्यो बोलको यो वर्षको दोश्रो तिज गित सार्वजनिक गरेकी छिन ।
बुटवलमा रहेर कलाकारिता अर्थात गायन क्षेत्रमा सक्रिय गायिका यमुनाले यो वर्षपनि नेपाली महिलाहरुको महान चाड तिजको अवसर पारी गित सार्वजनिक गरेकी हुन ।
उमंग म्युजिक प्रालीले बजारमा लिएर आएको गितमा शिव पौडेलको शब्द पुरुषोत्तम पौडेलको लय रहेको गितमा यमुना अर्याल र पुरुषोत्तम पौडेलको स्वर रहेको छ ।
गितको अडियो संगै भिडीयो पनि उत्कृष्ट बनेको छ । भिडीयोमा चर्चित गायक एवम मोडल सुमन परियार ,पुरुषोत्तम पौडेल, आकृति पाण्डे , अन्जना भुर्तेल नाचेका छन ।
चर्चित निर्देशक स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडीयोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन भने शिव पौडेलले सम्पादन गरेका हुन ।
यो तिजमा यो गितमा दिदीबहिनीहरुलाई छमछमी नचाउनेमा यमुना विश्वस्त छिन ।
यो गितसंगै थप सांगितीक सफलता हात परोस हाम्रो तर्फबाट गायिका यमुनालाई शुभकामना ।।