ज्यो चक्रपाणी डुम्रे (शास्त्री)
चन्द्रमामा लाग्ने पूर्ण ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रमाको पूर्ण भागमा नभइ कुनै निश्चित भागमा लाग्ने ग्रहणलाई भने खण्डग्रास चन्द्रग्रहण भनिन्छ । आज बेलुका लाग्ने खग्रास चन्द्र ग्रहणको समयमा स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव बाट बच्न दिउँसो ३ बजेर ९ मिनेट देखि नै भोजन निषेध गरिएको छ । तर बालक, रोगी तथा वृद्धावृद्धाले भने यो समयमा सकेसम्म त बार्नु नै राम्रो हुन्छ, सकिँदैन भने भोजन गर्न सकिन्छ । नेपाली आकाशमा यो ग्रहण राति १२:९ बजेदेखि शुरु हुनेछ । ग्रहणको मध्य राति २:८ बजे नै हुनेछ भने भोली बिहान ४:०६ बजे ग्रहण समाप्त हुनेछ । यसरी आज राति लाग्ने चन्द्र ग्रहणको पूर्ण समय ३ घण्टा
५७ मिनेट हुनेछ । आजको ग्रहण यो शताब्दीकै सबैभन्दा लामो हो।
जब सौरमण्डलमा सूर्य र चन्द्रमाको बिच पृथ्वी आइपुग्छ तव चन्द्रग्रहण लाग्दछ । यस्तो समयमा चन्द्रमा पृथ्वीबाट पूर्ण रुपमा ढाकिन्छ । सूर्यको किरण चन्द्रमामा नपुग्ने र प्रकाश परावर्तन हुन नपाउने भएकाले नै यो समयमा सबैतिर अन्धकार हुन जान्छ । सूर्यको प्रकाश पनि नआउने र प्रकाश परावर्तन पनि हुन नपाउने भएकाले यो समयमा हानिकारक किटाणुहरुको संख्यामा वृद्धि हुने भएकाले यस समयमा खानपानको लागि निषेध गरिने ज्योतिषिय र वैज्ञानिक तथ्यहरु रहेका छन् ।
आज बेलुका लाग्ने खग्रास चन्द्रग्रहण पृथ्वीका विभिन्न भागहरुबाट देख्न सकिनेछ । एसियाको सम्पूर्ण क्षेत्रका साथै अंटार्टिका, प्रशान्त, हिन्द महासागर, यूरोप, अष्ट्रेलिया, रुस, अफ्रिका,टर्की, फ्रान्स, चीन, इटली, अमेरिका लगायतका भूभागहरुबाट पनि आजको ग्रहणलाई हेर्न सकिन्छ ।
ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ , जस्तैः– कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, व्रश गर्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु , रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ ।
आजको चन्द्र ग्रहण हेर्दा कुन कुन राशि भएका हरुलाइ के के हुन्छ त ?
मेष – सुख
वृष – मान नाश
मिथुन – कष्ट
कर्कट – स्त्री पिडा
सिंह – सुख
कन्या – चिन्ता
तुला – व्यथा
वृश्चिक – धनप्राप्ती
धनु – क्षति
मकर – घात
कुम्भ – व्यय
मीन – लाभ
प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक रुपन्देही
सम्पर्क : ९८५७०३५४६१
स्रोत : विभिन्न पन्चाङ्ग बाट