चक्रपाणी डुम्रे
साउन ११,नयाँमिल
श्री दुर्गा वैदिक परमानन्द संन्यास आश्राम तिलोत्तमा १, नयाँमिल देवीस्थान रूपन्देहीमा अवस्थित नर्मदेश्वर शिवालयमा आज नवलपरासीको त्रिवेणी धामबाट जल ल्याएर अर्पण गरिएको छ।
जल लिनको लागी हिजो १० वटा बस र आफ्ना विभिन्न निजि सवारीसाधन मार्फत भक्तजनहरू त्रिवेणी तर्फ प्रस्थान गरेका थिए ।
उनीहरूलाई त्रिबेणी धाममा पनि खानेबस्ने ब्यवस्था आश्रामले नै गरेको थियो । जलार्पण कार्यक्रममा करिब हजार जना भक्तजनको सहभागिता रहेको आश्रमका सह अध्यक्ष दुर्गा खरेलले बताउनुभयो ।
श्रावण महिनालागेसङ्गै उक्त शिवालयमा भक्तजनको घुइँचो लागेको र आश्रमले पनि रूद्राभिषेक, जलार्पण, सत्सङ्ग,भजनकिर्तन लगाएतका कार्यक्रम गरि रहेको आश्रमका पीठाधिस १ हजार ८ स्वामी विबेकानन्द सरस्वतीले जानकारी दिनु भयो।
शिवालय परिसरमा १ सय ८ शिवलिङ्गहरू स्थापित छ्न जसले भक्तजनलाई आकर्षित गरेको छ।जलार्पण कार्यक्रम जनैपूणिर्मासम्म रहने आश्रमका अध्यक्ष खिमानन्द गौतमले जानकारी दिनु भयो। यसैबीच आज गुरूपूर्णिमाको अवसर पारेर गुरु पुजन कार्यक्रम पनि सम्पन्न भएको छ । सो अवसरमा भजनकिर्तन एवं सत्सङ्ग समेत गरिएको पूजा संयोजक हरि कंडेलले जानकारि दिनु भयो ।