श्रावण ११ तिलोत्तमा ।
तिलोत्तमा १४ मा रहेको नमस्ते एकेडमीमा आज गुरुपुर्णिमाको अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीका हजुर बुबा हजुर आमा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बयोवृद्ध अभिभावक खिमलाल कण्डेल (९२ बर्ष) र उमा पाण्डे(९४ बर्ष) लाई विद्यालयका बरिष्ठ प्रिन्सीपल डा समोल पैम्पलले सम्मान गर्नु भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार डिल्ली नारायण पाण्डे, भाईस प्रिन्सीपल सेल्मी सम्फेल, भिम बस्नेत लगायतले बोल्दै नेपालमै नयाँ कार्यको सुरुवात विद्यालयले गरेको बताएका थिए । कार्यक्रममा बाल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद भुषाल ले यस्तो कार्यक्रमको अनुकरण सबैले गर्न आवश्यक रहेको बताउनु भयो।