श्रावण ११ ,बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको आज दिउसो बसेको बैठकमा प्रदेश सभा सदस्यहरुले स्थायी राजधानी र नामाकरण गर्न माग गरेका छन ।
बैठकको विशेष समयमा वोल्दै विपक्षी दल नेपाली काग्रेसका प्रदेशसभा सदस्य वसिउद्धिन खाँले प्रदेशको राजधानी र नामाकरणको विषयमा टुङगो लगाउन आग्रह गर्दै दोहोरो कर लगाएर व्यवसायीलाई धरासायी बनाउन खोजेको आरोप लगाउनुभयो ।
प्रदेशसभा सदस्य विष्णु पन्थिले जनप्रतिनिधिले नै उद्योगीसँग चन्दा माग गरेर आंतकित बनाउने काम गरेको उल्लेख गर्दै सो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्ण बहादुर घर्तिले विभिन्न उप समितिमा निर्वाचित भएको विषयमा प्रदेशसभालाई जानकारी गराउनुभयो ।
त्यस्तै प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँगग सम्वन्धित अर्थ, उद्योग तथा पर्यटनसमितिको प्रतिवेदन र प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्वन्धित अर्थ, उद्योग तथा पर्यटन समितिको प्रतिवेदन समितिका जेष्ठ सदस्य अम्मर बहादुर डाँगीले प्रदेश सभामा प्रश्तुत गर्नुभयो ।
त्यस्तै प्रदेश नं ५ प्रदेशससभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्वन्धित प्रदेश मामिला तथा कानून समितिको प्रतिवेदन समितिका जेष्ठ सदस्य भोज प्रसाद श्रेष्ठले प्रश्तुत गर्नुभयो ।