साउन १५, काठमाडौँ ।
गत बैशाखमा लिएको कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबारसम्म सार्वजनिक गर्ने भएको छ ।
मंगलबार नै नतिजा प्रकाशन गर्ने तयारी गरे पनि तयारी नसकिने भएकाले बुधबार सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले जनाएको छ।
यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरेको बोर्डले यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको छ । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।