गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले तिहारको माह्वललाई मध्ये नजर गर्दै नेपाली गीत संगीत प्रेमीहरुका लागी (आयो है तिहार) देउसी र भैलो गीत सार्वजनिक गरेका हुन् | बडा सुमधुर पारामा गाईएको गीतको भिडियो पनि बडा दमदार बनेको छ |
देउसी भैलो गीतलाई किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत / संगीत संयोजन गायक/ संगीतकार पुस्कर सुनुवारले’नै गरेका छन् | पछिल्लो समय सिंगापुर र थाईल्याण्डमा भएको बक्स अफिस म्युजिक अवार्डमा गायक/ संगीतकार पुस्कर सुनुवार’ले सर्बोत्कृष्ट गायक’को अवार्ड जितेका थिए भने, गायिका पारु रन्जितले बक्स अफिस म्युजिक अवार्डमा सर्बोत्कृष्ट तीज गायिका अवार्ड जितेकी थिइन् |
. अहिले भने गायक पुस्कर सुनुवार र गायिका पारु रन्जितले माह्वल अनुसार देउसी भैलो गीतको भिडियो सार्वजनिक गरेका हुन् |उक्त गीतमा कजिश श्रेष्ठ’को निर्देशन, मोहन सुनुवार (नबिन)को भिडियो सम्पादन ,अजय रेग्मीको छायांकन रहेको छ भने, अभिनयमा कजिश श्रेष्ठ, मनु मगर, केशब बिश्वकर्मा, प्रमिला पुन ,रेश्मा बोम्जन, तथा टीमको रहेको छ | उक्त गीतको अडियो भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ |
video here ..