मङ्सिर ५ ,बुटवल ।
नेपाली काङ्गे्रसका नेता प्रकाशमान सिंह श्रेष्ठले दुई तिहाई बहुमतको अहिलेको सरकार सबै क्षेत्रमा असफल बन्दै गएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले जनतालाई शान्ति सुरक्षा दिनेदेखि बिकास गर्ने सबै काममा सरकार असफल भएको बताउनु भयो ।
नेता सिंहले भन्नुभयो बिहानीले दिनको संकेत गर्छ भनेजस्तै ९ महिनाले अहिलेको सरकारले के गर्छ भन्ने स्पष्ट भईसकेको बताउनु भयो ।
नेता सिंहले प्रमुख प्रतिपक्षी दलका हैसियतमा काग्रेसले संसदमा रचनात्मक भुमिका निर्वाह गरेको बताउनु भयो । उहाले भन्नुभयो संसदमा कुर्ची भाचेका छैनौ,बजेट ल्याउदा बजेट ब्रिफकेस च्यातेका खोसेका छैनौ, सभामुखलाई हान्ने काम गरेका छैनौ त्यो गरेनौ भन्दैमा सशक्त भएन भन्ने होइन सशक्त भुमिका निर्वाह गरेका छौ ।
उहाले सदन र सडकमा पनि काग्रेसले जनताका माग उठाईरहेको बताउनु भयो ।
पार्टीको प्रसंगमा भने उहाले सभापति शेर बहादुर देउवा बिधि सम्मत नचलेको आरोप लगाउनु भयो । उहाले बहुमतको बलमा राजनीतिक निणर्य भन्दै २ वटा उपसभापति राख्नु अनुपयुक्त भएको बताउनु भयो ।
“पार्टी नीति र विधि सम्मत हुनुपर्छ भन्ने हाम्रो आवाज छ”, उहाले भन्नुभयो, “हामी पार्टीलाई सुधार गरेरै छोड्छौ ।” उहाले पार्टीको नेतृत्व शैली एवं विधान समेत एकात्मक भएको हुदाँ लोकतान्त्रिक परिपाटी निर्माण गर्न गृहकार्यमा जुटेको धारणा राख्नु भयो ।