मङ्सिर ७,बुटवल।
फेसनको माग बढीरहेको प्रदेश ५ को राजधानी बुटवलमा आज पहिलो पटक फेसन शो कार्यक्रम सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर सो देखाईएको छ । कार्यक्रमका प्रमुख अतिथी सांसद निर्मला क्षेत्रीले कार्यक्रममा बोल्दै सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताउनुभयो । फेसन सो लाई मर्यादित तरिकाले अगाडी बढाउनसके यसको भविष्य राम्रो हुनेमा जोड दिनुभयो ।
फेसन शो लाई स्थापित गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रममा , प्रदिप उदय, गोपाल प्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो । कर्यक्रममा गायक सपन श्रेष्ठ ,पुर्णिमा लामा धु्रव विस्ट,सावित्री जोशी,नन्दा बस्याल,ईन्दिरा भटटराई,लक्की दिपक लगायतको प्रस्तुती रहेकोथियो । संस्थाका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन आविष्कार खनाल स्मारिका लामाले गरेका थिए ।