मंसिर २२, बुटवल : रूपन्देहीको देवदहमा सात वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन्।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ६ युवकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये देवदह–६ का २२ वर्षीय लक्ष्मण विक र देवदह– ७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ।
पक्राउ परेका अन्यमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक ऋषिराम घर्ती मगरले बताए। बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अवस्थामा खैरेनीमा रहेको बालिकाकै घर नजिक बलात्कार भएको हो।
उनीहरूलेघर नजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बालिकालाई बलात्कार गरेका थिए। बालिका त्यहीँ रक्ताम्य अवस्थामा भेटिएको प्रहरीले बताएको छ। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ।