बुटवल ।
नेपाल ईञ्जिनियर एशोसिएसनको नेतृत्वका लागि आज चुनाव हुदै छ । एशोसिएसनको नयाँ नेतृत्वका लागि आज देशैभरका इञ्जिनियरहरुलाई चुनाव लागेको हो ।
केन्द्रिय समिति र प्रदेश समितिका लागि हुने निर्वाचनमा देशभरका २० हजार इञ्जिनियर सहभागि हुदै छन । चुनावमा २ समुह प्रतिष्पर्धामा छन । काग्रेस निकटका इञ्जिनियरहरु प्रा डा हिरेन्द्रमान प्रधानको नेतृत्वमा लोकतान्त्रिक र नेकपा निकटका इञ्जिनियरहरुले प्रा डा त्रिरत्न मानन्धरको नेतृत्वमा प्रगतिसिल समुह बनाएर चुनावमा उत्रिएका छन । प्रधान नेतृत्वको समुहबाट उपाध्यक्षमा डा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यु लाल सिंह, उपमहासचिव अशोककुमार शाह, कोषाध्यक्ष अपिल केसी र सह–कोषाध्यक्षमा जानुका थापालाई चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तैबज्राचार्य नेतृत्वको समुहले उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छबिराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।
प्रदेश ५ मा नेतृत्वका लागि लोकतान्त्रिक प्यानलबाट कुसुमराज ज्ञवाली र प्रगतिसिल प्यानलबाट छबिन्द्र भट्टराई प्रतिष्पर्धामा हुनुहुन्छ ।
अन्य पदाधिकारी सदस्यमा लोकतान्त्रिकबाट उपसभापतिमा निवेश कुमार शर्मा, सचिवमा बिश्व रञ्जन मिश्र, सहसचिवमा यादव नेपाल, कोषाध्यक्षमा अमित खनाल र सदस्यमा दिपक जंग चौधरी,तुल्सिराम पौडेल,महेश्व लम्साल,धर्मराज भट्टराई,सुर्यदेव गुप्ता,सुरज केसी,बिनोद पन्त, सुजता ढकाल,प्रबिणराज भण्डारी,बिष्णुचन्द्र पौडेल मैदानमा हुनुहुन्छ । यस समुहले केन्द्रिय सदस्यमा पारश खडकालाई उठाएको छ ।
त्यस्तै प्रगतिसिलबाट उपसभापतिमा रामधन श्रेष्ठ, सचिवमा अच्युतराज तिमल्सीना, सहसचिवमा भेषराज भुषाल, कोषाध्यक्षमा दिपक भट्टराई र सदस्यमा रामु श्रेष्ठ,दिपक कुवर,राकेश पाण्डे,किरण काफ्ले,अरुण खनाल,पदम प्रसाद पोखरेल,अनिल चौधरी,प्रभा पाण्डे, भुपेन्द्र वली चुनावी मैदानमा हुनुहुन्छ । यस समुहले केन्द्रिय सदस्यमा खुमलाल बिसीलाई उठाएको छ ।