बुटवल ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टे«ड युनियन संघ जिल्ला शाखाको पाचौ अधिवेसन तथा दशौ साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टे«ड युनियन संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले उद्घाटन गर्नुभयो । एम्बुलेन्स चालकहरुको योगदानलाई सरकारले सम्बोधन गर्न नसकेको गुनासो गर्दैै उहाँले पेन्सनको ब्यवस्था, आधारभुत आवश्यकता पुरा गर्ने, फष्ट एड तालिम, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । संगठनले ब्यक्तिगत विकास र स्तरवृद्धि गर्ने भन्दै उहाँले हरेक चालकले कानुनी ज्ञान, अध्ययनलाई जोड दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा केन्द्रिय महासचिव मुक्ति काफलेले संस्थागत विकास र संगठन विस्तारमा लामो समय वितेको भन्दै अब संस्थालाई अन्तराष्ट्रियस्तरमा सम्बन्ध विस्तार, विकास अभियान शुरु भएको बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष गोपाल थापाले धेरै मेहनतबाट चालकहरुलाई संस्थागत एकता गर्न सफल भएको बताउनुभयो । दशवर्षअघि स्थापना भएको संस्थाले संस्थागत, चालकहरुको हकहितको साथै सामाजिक हितमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ न्युरोसर्जिकल डा केआई सिह केसी, संघका जिल्ला अध्यक्ष चुरामणि बश्याल, बुटवल उपमहानगरपालिका वडा नं। ७ का वडाअध्यक्ष कमलप्रताप थापाले संस्थागत विकासमा लाग्ने गरि नया नेतृत्व चयन गर्न सल्लाह दिनुभयो ।
रुपन्देहीमा विभिन्न संघसंस्थाहरुबाट संचालन भएका ६७ वटा एम्बुलेन्सका चालकहरु रहेका छन ।