प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन वरालले पाठ्यपुस्तक विस्तारै डिजिटलाइज हुँदै जाने बताउनुभएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाँच नम्वर प्रदेशको प्रथम अधिवेशनको बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले अव देश डिजिटलको युग तर्फ उन्मुख भएकाले व्यवसायिहरुले पनि त्यस दिशा तर्फ आफ्नो ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो ।
उहाँले शिक्षा नीतिलाई व्यवसायिक तथा उद्पादनमुखी जनशक्ति उत्पादन गर्ने तर्फ सरकार लागि रहेको भन्दै मन्त्री बरालले व्यवसायिहरुले सामाजिक उत्तर दायित्व सम्झी नीति निमार्ण मै सहभागि हुन आग्रह समेत गर्नुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरि अर्यालले व्यवसायलाई थप परिस्कृत गर्दै अघि बढ्न व्यवसायिहरुका बीच एकता आवस्यक रहेको बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाँच नम्वर प्रदेशका संयोजक दीवाकर घिमिरेले पाँच नम्वर प्रदेशका १२ जिल्लाको विवरण प्रस्तुत गर्दै आफूहरु व्यवसायि मात्र नभई समाज रुपान्तरणको अभियान्ता भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल च्याम्वर्स अफ कर्मशका केन्द्रिय सदस्य टंक पोख्रेल, उद्योग व्यपार संघठनका खिम नारायण पराजुली, व्यवसायि हेमन्त शर्मा, त्रिलोचन ज्ञवालीलगाएतले बोल्नुभएको थियो ।
आजबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।