नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति बैठक सोमवार सम्मका लागि स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले
स्थायी समिति बैठकमा २२ पृष्ठ लामो राजनीतिक प्रतिवदेन पेश गरेसँगै स्थायी समिति बैठक सोमबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
पहिलो पटक नेकपाको स्थायी समिति बैठकमा पेश भएको प्रतिवेदनप्रति आपत्ति जनाएका थिए।
प्रतिवेदन स्थायी समितिका सदस्यसँग छलफल नै नगरी आफूखुसी बनाएकोमा केही स्थायी सदस्यले असन्तुष्टि व्यक्त गरेका हुन्। समितिका सदस्यहरू भीम रावल, योगेश भट्टराई, वेदुराम भुसाल र धनश्याम भुसाललगायतले प्रतिवेदनप्रति आपत्ति जनाउनुभयो ।
त्यसको जवाफमा प्रचण्डले स्थायी समिति सदस्यलाई पहिला प्रतिवेदन पढ्न सुझाव दिनुभयो ।सोमबारदेखि राजनीतिक प्रतिवेदनबारे छलफल हुनेछ।
प्रतिवेदन सार्वजनिक गर्नुअघि नेकपाका अर्का अध्यक्ष केपी ओलीले बैठकलाई सम्बोधन गर्नुभएको थियो ।