पुष १ , २०७५ /
शारदा मरासिनी (सरु ),रेडियो रिपब्लिक बुटवल ।
प्रदर्शनरत नेपाली चलचित्र प्रसादको नयां गित बरै क्यारी बाचौला सार्वजनिक भएको छ ।
गितमा नेपाल आईडलका टप ४ प्रतिष्पर्धी विक्रम बरालले स्वर दिएका छन ।
भने गितमा सुवास भुसालको शब्द संगित रहेको छ ।
लौन आकाशैले थिचे झै भयो हजुर
मैले टेक्ने धर्ति फाटे झै भयो हजुर
जतन गरि यो मुटुमा राखे त्यहि मुटुनै आज खस्यो हजुर बरै क्यारी बाचम्ला बरै क्यारी बाचम्ला गितको उत्कृष्ट शब्द रहेको छ ।
चलचित्रमा विपीन कार्कि , नम्रता श्रेष्ठ, निश्चल बस्नेतको अभिनय रहेको छ ।