पुस ८, २०७५ काठमाडौं : शहीद स्मारक ए डिभिजन लीग फुटबलमा आज दशौं चरणका खेल सकिँदैछन्।
आइतबार विहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब आमने सामने हुँदैछन्।
नौ खेलबाट १८ अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा छ। आ
ठौं स्थानमा रहेको एपीएफको १३ अंक मात्रै छ। आइतबार नै हुने अर्को खेलमा विभागीय टोली पुलिस क्लबले लीग लिडर मनाङ मस्र्याङ्दीको सामना गर्नेछ।
आजको खेल जितेर मनाङलाई स्पष्ट पाँच अंकको अग्रता बनाउने मौका छ। मनाङ २७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संकटाको २५ र तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक रहेको छ। उपाधि होडमा रहेका संकटा र थ्रीस्टार क्लब शनिबार बराबरीमा रोकिएपछि मनाङको उपाधि यात्रा सहज भएको छ। पाँचौं स्थानमा रहेको पुलिससँग १८ अंक रहेको छ।