बुटवल ।
क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा शहरका बिभिन्न स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । क्रिसमशमा आज मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । आज विभिन्न स्थानमा र्याली र सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएका छन ।
दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ ।
नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।
क्रिसमशका अवसरमा प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले सम्पुर्ण क्रिश्चियन धमाृवलम्वीहरुलाई शुभकामना दिनु भएको छ ।