बुटवल,२ असोज ।
पाल्पाको सिद्धबाबामा खसेको ढुंगे पहिरो पार गर्न खोज्दा घाईते मोटरसाईकल चालकको मृत्यू भएको छ ।
शनिबार राती परेको अविरल बर्षाले पाल्पाको दोभान सिद्धबाबा क्षेत्रमा पहिरो खसेको थियो । आईतबार विहानै बुटवल तर्फ आउदै गरेका अर्खले निमावि मस्याम पाल्पाका प्रधानाध्यापक गुन बहादुर बगाले लु २१ प ५५३३ नम्बरको मोटरसाइकल सहित भीरमा खसेका थिए ।
सिद्धबाबाबाट बुटवल आउदै गरेका उनी र सवारी सहित भीरमा खसेपछि प्रहरीले उद्धार गरेको थियो । गम्भिर घाईते बगालेको बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट थप उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।