बुटवल,असाेज ३-
इलाका प्रहरी कार्यालय बुटवलले ५ जना जुवाडेलाई नगद ३८ हजार ३ सय सहित जुवाखालबाटै पक्राउ गरेकाे छ ।
रुपन्देही बुटवल उप महानगरपालिका वडा नं-१३ स्थित तिलोत्तमा स्टिल एण्ड फाईबर ईन्डट्रिजमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपिरक्षाक मुकुन्द मरासिनीले नागरिक आवाजलाइ जानकारी दिए । उनीहरुबाट १५२ पत्ती तास पनि छाेपिएकाे छ ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उप महानगरपालिका वडा नं-९ बस्ने बर्ष २३ को अनिल श्रेष्ठ,पाल्पा भैरवस्थान गा.बि.स.वडा नं- ८ घर भई हाल जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं- १३ बस्ने बर्ष २९ को दिपक अधिकारी, पाल्पा पालुङमैनादी गा.बि.स.वडा नं- ४ घर भई जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं-१३बस्ने बर्ष २३ को भबिन्द्र कुंवर,पाल्पा कुसुमखोला गा.बि.स.वडा नं-४ घर भई जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं-१३बस्ने बर्ष २३ को राजेन्द्र कार्की र तनहु देवघाट गाबिस.वडा नं-२ घर भई जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. १३बस्ने बर्ष २७ को श्रीधर बि.क छन् ।
उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान भई रहेको जनाइएकाे छ ।