गुल्मी,असाेज ६
गुल्मीको वामीका २ किशाेरीहरु बिगत केही दिन देखी सम्पर्क बिहिन भएका छन् । वामी १ बसेरीका दुइ कशाेरीहरु गत आश्विन २ गतेबाट ति युवतीहरु हराएका हुन् । हराउने युवतीहरुमा १५ बर्षकी कमला राना तथा १७ बर्षकी सरु राना रहेका छन । त्यस दिन बिहान ५ बजेबाट हराएका उनीहरुको खोजीको लागि प्रहरी चौकी वामीमा जानकारी गराइए पनि कतै फेला पर्न नसकेको बताइएको छ ।
फेला पार्ने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय वा ९८४४७८११२७ मा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।