२०७५ चैत २९
बुटवल ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको आयोजनामा आज बुटवलमा पारमाणिक पदार्थ तथा रेडियोधर्मी श्रोतको सुरक्षित उपयोग सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश ५ का बिभिन्न अस्पतालमा कार्यरत रेडियोग्राफरहरुको सहभागिता रहेको सचेतना कार्यक्रमका सहभागि बीज्ञहरुले रेडियो बिकिरणले रोग पत्ता लगाउन सहयोग गरेजस्तै बिकिरण बढी भएमा क्यान्सर रोगदेखि बंशाणुगत समस्या हुने बताएका छन ।
उनीहरुले स्वास्थ्यमा केही भईहाल्यो कि एक्सरे, भिडियो एक्सरे र सिटी स्क्यान गरी नहाल्न र चिकित्सकको शिफारिसमा मात्र त्यस्ता उपकरणको प्रयोग गर्न सुझाव दिएका छन ।
चिकित्सक तथा बीज्ञहरुले एक्सरे तथा सिटी स्क्यानमा आउने रेडियो बिकिरण बढी भएमा क्यान्सर हुनेदेखि भाबि पुस्तामा समेत यसको असर देखिने बताएका छन ।
कार्यक्रममा प्रशिक्षणात्मक जानकारी दिदै बीर अस्पतालका मेडिकल फिजिष्टिक तथा रेडिएसन प्रोटेशन अफिसर डा. कञ्चन प्रसाद अधिकारीले चिकित्सकको शिफारिस बिना एक्सरे भिडियो एक्सरे वा सिटि स्क्यान गर्न नहुने बताउनु भयो । सरकारले ऐन कानून नबनाएकाले नेपालका भएका यस्ता मेसिनहरुको परिक्षण समेत नहुने गरेकाले गुणस्तरमा पनि समस्या भएको बताउनु भयो ।
लुम्विनी प्रादेशिक अस्पतालका रेडियोलोजिष्ट डा. तारा प्रसाद शर्माले बिरामी वा सामान्य नागरीकसंगै स्वास्थ्यकर्मीहरुले पनि आफनो स्वास्थ्यप्रति सचेत रही सुरक्षाका उपायहरु अपनाउनु पर्ने बताउनु भयो । डा. शर्माले एक्सरे मेसिन मापन गर्ने यन्त्र यस क्षेत्रमा नहुदा गुणस्तरहीन मेसिन समेत प्रयोग भईरहेकाले कतिपय समयमा सहित नतिजा नआउने गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव कृष्णराज गिरीले पारमाणिक पदार्थ तथा रेडियोधर्मी श्रोतको सुरक्षित उपयोगका लागि पारमाणविकसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश भएको जानकारी दिनुभयो । उहाले संसदबाट बिधेयक पारित भएपछी नियमावली बनाई कार्यान्वयनमा जाने भएपनि अहिले सरोकारवालाहरुलाई जानकारी गराउन सचेतना कार्यक्रम सुरु गरेको बताउनु भयो ।
मन्त्रालयका सहसचिव तथा पारमाणीक पदार्थ व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रसाद खनालले मुलुक संघीयतामा गइसकेपछी अव प्रदेशस्तरमा नाष्ट स्थापना गरी यस्ता बिकिरणको परिक्षण तथा अनुगमन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका उपसचिव कविता निरौला ढुंगेल, क्रृषिकेश निरौला लगायतले रेडियो बिकिरणबाट बच्ने उपाय र यसको व्यवस्थापनका लागि आवश्यक एैन कानूनका सम्वन्धमा धारणा राखनु भएको थियो ।