मेष- :(चु,चे,चो,ल,लि,लु,ले,लो,अ)
तपाईंको लागि २०७६ साल उत्तम छ। चिताएको कामले पूर्ण होला । नवौं वृहस्पतिले भाग्यशक्ति बलियो बन्दै जाला । पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद स्थितमा रम्ला । दाजुभाई दिदीबहिनीको सहयोगले प्रभावशाली बनाउला । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र
होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा
उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्ला । जग्गा जमिनको कारोबारले
उन्नती नै होला ।वर्षभरि विभिन्न उतारचढाव आउनेछन्। वर्षको पूर्वार्ध र अन्त्य समयमा बृहस्पतिको अनुकूलताले विभिन्न अवसर प्राप्त हुनेछन्। केही परिस्थितिसँग सम्झौता गर्नुपरे पनि यस बीचको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। लगनशीलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ। प्रेम सम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ। असार ,असोज ,माघ र फागुन महिना अझ उत्तम रहने छ ।
वृष-(इ,उ,ए,ओ,वा,वि,वू ,वे,बो)
तपाईंको लागी २०७६ साल अनुकूल नै रहेकोे छ। पठन पाठान र व्यवसायमा राम्रो प्रगति हुनेछ। धनधान्यको वृद्धि मानसिक प्रसन्नता हुने छ। सातौ वृहस्पतिकारण धर्मकर्ममा रूचि बढ्ने छ। बिपरित लिङ्गको सहयोग
मिल्ने , प्रेम प्रसङ्ग पनि अनुकूलनै रहने छ। राज्य क्षेत्र बाट भने त्यति राम्रो छैन । जग्गाजमिन सम्बन्धि कारोबारमा पनि झमेला हुन सक्छ । भाग्यले जीवनसाथी जुराउनेछ भने गृहस्थी सुखसागरमा रमाउनेछ। मिहिनेतले उत्तम रोजगारी दिलाउन सक्छ। बर्षभर अढैया शनि छ। फागुन ४ गतेसम्म अढैया शनि दशा छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ। यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित
हुनेछ।
दीर्घकालीन योजना नहुँदा उपलब्धिबिनै समय व्यतीत हुनेछ। असोज पछि स्थितिमा सुधार आउनेछ भने शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुन: प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियो सम्भावना छ। वर्षान्ततिर अध्ययनले गति लिनेछ भने विदेशयात्राको अवसर समेत प्राप्त हुने देखिन्छ । नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ।बर्षको मध्य केहि प्रतिकुल रहेपनी आर्थिक दृस्ठिकोणले साउन ,कार्तिक ,फागुन र चैत उत्तम छ।
मिथुन-:(का,कि,कु,घ,ङ,छ,के,को,
तपाईंको लागी २०७६ साल सामान्य छ । फागुन ४ गतेपछि अढैया शनि दशा प्रारम्भ हुन्छ । जसले मानसिक असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण टाढिनुपर्ने स्थिति आउन सक्छ। यात्रामा व्यवधान आउनेछ भने वैदेशिक रोजगारीमा पनि समस्या उपस्थित
हुनेछ। अप्ठ्यारो परिस्थितिमा सुनिश्चित कामसमेत अवरुद्ध बन्नेछन् भने आफ्नो सम्पत्तिमाथि अरूले अधिकार जमाउन सक्छन्। मंसिरदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तहरूको सहयोग प्राप्त हुनेछ। असोज पछि वृहस्पतिको अनुकुललाले बौध्दिकस्तर उच्चतहको रहनाले
पढाईलेखाई तथा परीक्षा प्रतियोगिताहरु सफल होलान ।
राजनीतिले योग्यताको वृध्दि गर्ला । नोकरीबाट प्रशंसायोग्य कार्यको चर्चा होला । सन्तानहरु आग्याकारी
होलान् पतिपत्नीबीच सौहार्दपूर्ण व्यवहारले दाम्पत्य जीवन सुखद बन्ला । बर्षको उत्तरार्ध अनुकुल नै रहने देखिन्छ । साधारण तया वैशाख ,भाद्र , मंसिर र चैत महिना शुभ रहेको छ।
कर्कट- -(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
तपाईंको लागि २०७६ उत्तम नै छ। एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले
जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ। वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग बलियो रहनेछ। बृहस्पतिको अनुकूलताले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनमा अभिरुचि
बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न सफल भइनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ। वर्षको मध्यतिरनोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ।
व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी तथा चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ।स्वास्थ्येमा पेट सम्बन्ध समस्यले सताउन सक्छ ।वर्षभरि शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट पनि
फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ।
समग्रमा बैशाख ,जेठ ,असोज र पुस महिना अझ शुभ छन् ।
सिंह -(मा,मि,मु,मे,मो,टा,टी,टु,टे)
तपाईंको लागि २०७६ साल आफ्नो पक्षमा रहेको छ। एकसाथ प्राप्त हुने अवसर र चुनौतीको संक्रमणबाट केही वस्तु गुमाउनुपरे पनि यो वर्ष विशेष उपलब्धि प्राप्त हुनाले जीवनस्तरमा सुधार ल्याउन सफल भइनेछ। वर्षारम्भमा केही खर्च र संघर्ष गर्नुपरे पनि कर्मयोग बलियो रहनेछ। बृहस्पतिको अनुकूलताले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनमा अभिरुचि बढ्नुका साथै उल्लेख्य प्रगति हातपार्न सफल भइनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ। वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी तथा चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ। वाणी प्रभावकारी रहनाले महत्वपूर्ण व्यक्तित्वको सामिप्यतामा रमाउन पाइएला । आमाबाबु लगायत दाजुभाई दिदीबहिनीको सद्भाव प्राप्त होला । सन्तानबाट सुख पाइएला । इष्टमित्रबाट सहानुभूतिको अपेक्षा गर्न सकिन्छ । भाग्यशक्ति निकै मजबुत रहला । दैवीय दुर्घटनाका विपत्तिहरु निराकरण होला । आर्थिक हिसाबले जेठ ,असार ,कार्तिक र माघ महिना उत्तम छ ।
कन्या -(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
तपाईंको लागि २०७६ सामान्य छ । फागुन ४ सम्म अढैया शनिको प्रभावले
सामान्य अनिष्ठताको प्रवलता रहे पनि
अन्य ग्रहको अनुकूलताले यस वर्ष
सामान्य प्रकारले गुज्रिएला । भाग्यशक्ति कमजोर देखिनाले कमजोर मनोवाञ्छितकार्यमा विलम्वता आउला ।
। व्यवसायतर्फ उतारचढाव आए पनि
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम
हातपार्ने समय छ। अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक ज्ञानको उचाइमा वृद्धि हुनेछ। पढाइ तथा रोजगारीका सिलसिलामा देश– विदेश घुम्ने अवसर जुर्न सक्छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ। गृहस्थी सुखद् र आनन्दमय रहनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ। आमाबाबुको आशिर्वाद पर्याप्त रहला
।सन्तान आग्याकारी बन्लान । इष्टमित्र पनि सहयोगी देखिएलान । पतिपत्नीमा प्रेमयुक्त वातावरणले दाम्पत्य जीवन सुखी होला ।
बौद्धिकस्तरको उच्चताले पठनपाठनसहित प्रतियोगिताहरु सफल बनाउला । कृषिको कामबाट फाइदा नै होला । असार ,साउन ,मंसिर र फागुन महिना अझ शुभ रहने छन् ।
तुला- ( रा,रि,रू,रे,रो,ता,ती,तु,ते)
तपाईंको लागी २०७६ साल राम्रो छ । यो वर्ष अवसरले दिने उत्साहलाई विविध चुनौती र संघर्षमय संक्रमण पार गर्दै
खुसीमा रूपान्तरण गर्न सफल भइनेछ । नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ। कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ । यद्यपि फागुन ४ बाट अढैया शनि सुरू हुने हुदा
बौद्धिकस्तरमा ह्रासताले परीक्षा प्रतियोगिता खासै सफल नबन्ला ।बाणीमा कटुता झल्कने अवस्थाको सृजनाले मनमा अशान्ति छाउला । वैदेशिक
रोजगारीले पनि फाएदा नगर्ला । व्यापार व्यवसायले भने जीवनस्तर सुधार्ला । खेती किसानीमा उच्चता । अनावश्यक खर्च नियन्त्रणशिलता बढ्ला । राजनैतिक गतिविधिमा प्रशंसायोग्य कार्यले स्याबासी दिलाउला । नोकरीमा ख्याती बढ्ने कामहरु होलान ।समग्रमा साउन ,भदौ ,पुस र चैत महिना शुभ छन् ।
वृश्चिक- (तो,ना,नि,नु,ने,नो,या,यी,यु)
तपाईंको लागि २०७६ साल मध्यम छ। फागुन सम्म शनिको अन्त्य साँढेसाती दशाले नराम्रो अवस्था देखिए पनि अन्य समयमा भने सुखद फलको अपेक्षा गर्न सकिन्छ । वाणी प्रभावशाली बन्न नसक्दा समस्या उत्पन्न होाल ।
ईर्ष्या गर्नेहरूले चर्को आलोचना गर्नेछन्। चिताएको काममा अवरोध आउन सक्छ। ठूला अधिकारीसँगको विवादले नोकरीमा असहज अवस्था आउने सम्भावना छ। झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले होसियार रहनुहोला। अत्यधिक खर्च लागे पनि प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ। अध्ययनमा सुरुमा समय
दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ। परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि सम्पादन हुनेछन्। वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन । समग्रमा वैशाख , भाद्र, असोज र माघ महिनामा पनि अझ शुभ हुन सक्छ।
धनु- ( ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
तपाईंको लागि २०७६ साल उत्तम रहेको छ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त
हुनाले महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्नाले थप अवसर प्राप्त हुनेछन्। प्रेमको गाँठो कसिनुका साथै वैवाहिक बन्धनमा बाँधिने साइत जुर्न सक्छ। समाजसेवा एवं परोपकारी काममा मन जानेछ। जेठ देखि कार्तिक सम्म गुरु खर्चभावमा रहने र वर्षभरि शनिको मध्य र अन्त्य साढेसाती रहने हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ।
आमाबाबुको र इष्टमित्रको सद्भाव प्रयाप्त रुपमा नपाइएला । राजनीतिले समाजमा तिरस्कारको वातावरण निम्त्याउला । नचाहिदो खर्च कटौतीमा सक्षमता बढ्ला । बौद्धिकता सुधारोन्मुक अवस्थाम जानाले परीक्षा प्रतियोगिताहरु सफल बन्दै जाला । सन्तानबाट सुख तथा दाजुभाई दिदीबहिनीको सहयोग भइरहला । व्यापार व्यवसायबाट आन्दानी मनग्ये होला । पशु- पंक्षिपालनबाट पनि उन्नतिमार्ग विस्तार होला । जग्गाजमिन सम्बन्धि कार्यबाट फाइदा नै होला । पापीय
मनोवृति शिथिल बन्दै जाला । धार्मिक गतिविधिले मानसिक शान्ति स्थिरतातर्फ लैजाला । सवारी लगायत दैवीय दुर्घटनामा न्यूनताको आभास मिल्ला । भाग्यशक्ति निकै उर्वर ।बन्दै गएको अनुभूति पाइएला । आर्थिक दृष्टिकोण बाट जेठ , असोज ,कार्तिक र फागुन महिना शुभ छ।
मकर -:(भो,जा,जि,खि,खु,खे,खो,गा,गि)
तपाईंको लागि २०७६ साल मध्यम छ।
वर्षभरि आद्य र मध्य साढेसाती शनि रहने हुँदा फजुल खर्च बढ्नुका साथै कर्मयोगमा अवरोध आउने देखिन्छ। झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ र मानहानिको योग भएकाले होसियार रहनुहोला। अत्यधिक खर्च लागे पनि प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुने देखिन्छ। अध्ययनमा सुरुमा समय दिन नसकिए पनि वर्षान्तमा राम्रै प्रगति हुनेछ। परिस्थिति अनुकूल बन्नाले वर्षान्ततिर पहिले रोकिएका कामहरू पनि
सम्पादन हुनेछन्। असार ,कार्तिक ,मंसिर र चैत महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार र मंसिर महिनामा अलि हानि हुन सक्छ। विधिपूर्वक शनिदेवको शान्ति गर्दा वर्षभरि देखापर्ने प्रतिकूलताबाट बच्न सकिनेछ। शनिबार पीपलमा जल चढाउनाले र बिष्णु लक्ष्मी को उपासना साढेसातीजन्य दोष शान्त भई लाभ मिल्नेछ।
कुम्भ-:(गु,गे,गो,सा,सि,सु,से,
तपाईंको लागि पनि २०७६ साल अनुकुल छ।नोकरीमा प्रवेश वा पदोन्नति, व्यापारमा वृद्धि तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने योग छ। कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि फाइदा हुनेछ। व्यवसायतर्फ उतारचढाव आए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने समय छ। अध्ययनले नयाँ गति लिनेछ भने व्यावहारिक ज्ञानको उचाइमा वृद्धि हुनेछ।
पढाइ तथा रोजगारीका सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका
साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ। गृहस्थी सुखद् र आनन्दमय रहनेछ। धर्मकर्म,
तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। वर्षको उत्तरार्धमा सन्तानसुखको योग रहेको छ। फागुन ४ गते पछि आद्य साढेसाती शनि भएकाले घरायसी विवादले चर्को रूप लिन सक्छ। जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई अस्वस्थता, झुटा आरोप, धनहानिजस्ता बाधा आउनुका साथै टाउको तथा नसा– जोर्नीमा समस्या देखापर्ने सम्भावना छ। यद्यपि बैशाख , साउन , मंसिर र महिना शुभ छन् ।
मीन – ( दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
तपाईंको लागी २०७६ साल आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा प्रवेश एवं पदोन्नति
गराउन सक्छ। राजनीतिमा लाग्नेहरूलाई विशेष पद
प्राप्त हुने सम्भावना छ। भाग्यले घरजग्गालगायत
स्थायी सम्पत्ति दिलाउन सक्छ। उद्योगधन्दा र
व्यवसायमा विशेष फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन
कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त
हुनेछ। विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ र
अन्त्य बढी उपलब्धिमूलक रहनेछ। भौतिक साधन जुट्नुका साथै कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ। बर्षको मध्ये तिर फजुल खर्च एवं वादविवाद निम्त्याउने र उप्रान्त शीर्षभावमा प्रवेश गरी गलत बाटोतर्फ अग्रसर गराउने सम्भावना छ।असोज पछी बृहस्पतिको स्थानान्तरणले कामको दायित्व बढाउनेछ। तर,
उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। शुभचिन्तकहरूले पनि साथ दिन छोड्नेछन्। साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। जेठ भाद्र, पुस र माघ महिना बढी लाभदायक रहनेछन् ।
(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।