नयाँ दिल्ली-शारीरिक रुपमा अशक्त भएपछि एक दम्पत्तिले आफैले जन्माएको बच्चालाई दोरुाो मुलूक भारत पुर्याएर अलपत्र छाडेका छन।
17 जनवरी 2019 का दिन भारतको राजधानी दिल्लीस्थित निजामुद्दीन रेलवे स्टेशनको एक शौचालयबाट अन्दाजी 5 वर्षका बालकलाई बरामद गरिएको हो । बुवाको नाम भक्ति थापा र आमाको नाम राधा थापा बताउने बालकले आफ्नो नाम शिव थापा बताउँदै आएको छ ।
शिवलाई भेटाएपछि बाल कल्याणको टोली तुरुन्तै रेलवे स्टेशनमा पुगेर आफ्नो संरक्षणमा लिएको थियो ।
बाल कल्याणलाई बालक नेपाली भएको थाहा भएपछि के आई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीको समन्वयमा मुद्धा हेरीरहेको छ ।
के आई नेपालका प्रतिनिधि जोशीले भने ‘शारीरिक रुपमा अशक्त भएका कारण बच्चालाई उसका आमाबुवाले छोडेको हाम्रो अनुसन्धानले देखाएको छ ।” उनले भने, यो घटना कलीयुगको पराकाष्ठा हो, कसरी कोही आमाबुवाले आफुले जन्माएको बच्चालाई मर्नलाई छोड्न सक्छ? जोशीले बालक शिवलाई उदृत गर्दै भने ‘उसको अशक्तताप्रति प्रश्न गर्दै उसका आमाबुवाले उसलाई मारीदिने अथवा कतै लगेर छोडीदिने पटक-पटक भन्दै आएको र अन्त्यमा अञ्जान शहरको शौचालयमा थुनेर फरार भएका हुन । उसको अशक्ततालाई निको पार्न दिल्लीको एक अस्पतालमा उपचार जारी रहेको र केही हदसम्म उ ठीक पनि भएको जोशीले जानकारी दिएका छन । उनले भने “बच्चालाई उसकै आमाबुवाले छोडेर गएपनि बच्चाले त्यही आमाबुवालाई खोजी रहेकाले आफुहरुले विभिन्न सञ्चारका माध्यमबाट उसका आमाबुवालाई खोज्ने प्रयास जारी राखेका छौं।”
कृपया तपाईले पनि तलको भिडीयोमा देखाइएको बालकलाई चिनेर उसको आमाबुवालाई खोज्न सहयोग गरिदिनुस ।