असोज ८, गुल्मी ।
तानसेन बुटवल सडक खण्डको चर्चरेमा गएराती स्कार्पियो गाडी दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुगां बहुमुखी क्याम्पसका उप प्राध्यापक ४७ वर्षिय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षका रामप्रसाद पन्थ रहेकाछन् । गम्भिर घाइते भएका गाडि चालक देवी पन्थीको लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेको छ । गुल्मीको तम्घासबाट वुटवल जाँदै गरेको बा.१४.च ९३६४ नम्वरको स्कार्पियो गाडी सडकबाट करिब दुइसय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा मृत्युभएका दुवैजना गुल्मीमा प्रतिष्ठित व्यक्ति हुन् । दुर्घटनाप्रति गुल्मी क्षेत्र नम्वर दुईका सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुखद दुर्घटनाले गुल्मीका उज्वल तारा गुमाउनु परेको भन्दै भण्डारीले हरेक वर्ष बुटवल–तानसेन–तम्घास सडकबाट धेरै बन्धु–वान्धव गुमाउनु हाम्रो नियती बनिसकेको कुरा बिडम्वना रहेको उल्लेख गरेका छन् । नेता भण्डारी आजै गुल्मी जाँदैछन् ।