शारदा मरासिनी (सरु)
साउन ९ , बुटवल ।
यतिवेला नेपाली लोकगित संगितको बजार तिज मय भइरहेको छ । धेरै कलाकारहरुलाई आफना श्रृजनाहरु बजारमा ल्याउन भ्याई नभ्याई छ ।
यसैबिचमा गायिका सुनितामी परियारलाई पनि तिज लागेको छ , उनले सधैको वर्ष जस्तै यो वर्ष पनि तिज गित बजारमा लिएर आएकी छन ।
यो वर्षको तिज गितको बोल छ बाबरी लाईछौ । गित गाउघरमा प्रचलित भाकालाई टपक्कै टिपेर त्यसलाई खुबै मेहनतका साथ बनाईएको छ ।
जति सुन्यो सुनिरहुं लाग्ने र जति हे¥यो हेरिरहुं लाग्ने तरिकाले गितलाई बनाईएको छ , गितमा लोकप्रिय गायक खुमन अधिकारी र लोक प्रिय गायिका सुनितामी परियारको स्वरले सांच्चिकै गितलाई न्याय गरेको पाईन्छ ।
गितलाई शब्द संकलन गरेका छन रविन लामिछाने ले भने लय भरेका छन विष्णुमायां परियारले, एरेन्ज गरेका छन सुदिप सागरले ।
मिठो अडियोलाई अझ लोभलाग्दो तरिकाले तयार गरेका छन अर्थात गितलाई निर्देशन गरेका छन चर्चित निर्देशक गम्भिर विष्टले , भने गितमा गम्भिर विष्ट र सुनितामी परियार नाचेका छन ।
गितको सम्पुर्ण पक्ष राम्रो बनाएकोले गितले श्रोता दर्शकको मन जित्नेमा सुनिता ढुक्क छिन ।
गित सफल होस हाम्रो तर्फबाट शुभकामना ।
हेर्नुस् गीतको भिडियो ,,