समाज सेवामा समर्पित तथा निरन्तर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो मिठो गीत रचना बाट आफ्नो छुट्टै पहिचान बनाएकि गीतकार हुन् प्रतिमा गुरुङ ।
सानै देखि गीत, कबिता ,गजल ,शायरी लेख्न मन पराउने गीतकार प्रतिमा गुरुङ फ्रान्समा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार प्रतिमा गुरुङ’ले (आमा ओ मेरी आमा) ,(आमा तिम्ले छाडी गएपछि ) जस्ता गीतहरु नेपाली गीत संगीत प्रेमीहरु माझ ल्याएर छुट्टै पहिचान बनाई सकेकी छन् । उनको रचनामा केहि गीतहरु सामाजसेवी गायक/ संगीतकार जितेन बान्तवा’ले गाई सकेका छन् ।
प्रदेशमा कार्य व्यस्तता भएता पनि केहि फुर्सद’को समयमा गीत लेख्न र गीत संगीत सुन्न मन पराउने गीतकार प्रतिमा भन्छिन: म नेपाली गीत संगीत’लाई असाध्यै मायाँ गर्छु, फुर्सद भयोकि म गीत लेख्न र गीत संगीत सुन्न मन पाराउँछु । गीत सुन्योकी नाच्न मन लाग्ने हुन्छ , फ्रान्स’मा हुने सांगीतिक कार्यक्रम’मा पनि नेपाली गीत संगीतमा नाच्दा आनन्द आउँछ सबै दुख भुलिन्छ ।
अहिले मेरा २ वटा गीत बजारमा आई सकेका छन् (आमा तिम्ले छाडी गए पछि) र (आमा ओ मेरी आमा) यो दुई गीत बाट मलाइ दर्शक स्रोताले सोंचे भन्दा राम्रो प्रतिक्रिया दिनु भयो म एकदम खुशी छु।
वहाँहरुको मायाँ’ले गर्दा अरु गीतहरु पनि छिट्टै बाजारमा ल्याउने जमर्को गरिरहेकी छु । म गीत संगीत’बाट अलग हुन सक्दिन म गीत संगीत क्षेत्रमा आफ्नो गीत रचना’बाट सबैमा सहि म्यासेज जावोस र मेरो रचाना’बाट मानिस’ले केहि सिकोस। मनन गरोस भन्ने चाहान्छु ।
ऐले भर्खर सार्वजनिक भएका मेरा दुवै गीतले पनि दर्शक स्रोतालाई राम्रो म्यासेज’नै दिएको दर्शक श्रोताबाट प्रतिक्रिया पाउँदा म खुशी छु । प्रेम भाव’का गीतहरु पनि मेरा आउने छन तर केहि समय पछि ।