बिशाल गिरी/१० असोज, बुटवल
विश्व मुटु दिवशको अवशर पारेर लुम्बीनी वाणिज्य क्याम्पसले जनचेतना मुलक यार्ली सम्पन्न गरेको छ । रोट्याक क्लब अफ लुम्बीनी वाणिज्य क्याम्पस,यूवा रेडक्रस सर्कल र बि.बि.एम सि.एस.आर ग्रुपको संयुक्त आयोजनामा यार्ली सम्पन्न भएको हो । यूवा रेडक्रस सर्कलका अधक्ष्य अशोक गौतमको संयोजन तथा एम.बि.एस. तर्फ बाट बिशाल गिरी, बि.बि.एस तर्फ बाट बरुण ज्ञवाली, बि.बि.एम तर्फ बाट अमृत भण्डारी तथा रोट्याक क्लबको तर्फ बाट पबित्रा पन्थीको सह संयोजनमा यार्ली सम्पन्न भएको हो । विभिन्न नारा सहित क्याम्पस प्राङगण बाट शुरु भएको यार्ली तिनकुन,े मिलनचोक,चौराहा हुदै पुन क्याम्पस प्राङगणमा आई कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. ईश्वर गौतमले कार्यक्रमको प्रशंशा गर्दै आगामि दिनमा पनि अझ यस्ता अतिरिक्त क्रियाकलापमा सहभागि हुन समेत आग्रह गर्नु भएको थियो । कोण सभालाई कार्यक्रमका संयोजक तथा यूवा रेडक्रस सर्कलका अधक्ष्य अशोक गौतमले धन्यवाद ज्ञापन सहित समापन गर्नु भएको थियो ।