नवलपरासी , १२ असोज ।
नवलपरासीमा आज बिहान शशस्त्र प्रहरीको टोलीले करिब ७० लाख बराबरको अबैध कुखुराका चल्ला बरामद गरेको छ ।
भारतबाट अबैधमा भित्राईएको सो कुखुराका चल्लालाई शशस्त्र प्रहरीको टोलीले नवलपरासी र रुपन्देहीको सिमाना क्षेत्रबाट बरामद गरेको थियो ।
बरामद गरिएको चल्ला करिब ७० हजारको संख्यामा रहेको छ । यसरी शशस्त्र प्रहरीले एकैपटक यती ठुलो संख्यामा चल्ला बरामद गरेको नवलपरासीमा सम्भवत पहिलो पटक हो ।
शशस्त्र प्रहरी हरपुरका शशस्त्र प्रहरी निरिक्षक रबिन थापाको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले गोप्य सुचनाका आधारमा ठुलो परिमाणमा अबैध भारतिय कुखुराका चल्ला बरामद गरेको छ ।
यद्यपी यति ठुलो संख्यामा कुखुरा बरामद गरिएको भएपनि यसका कारोबारीहरु कोही पनि पक्राउ पर्न सकेका छैनन् ।
बरामद कुखुराका चल्लाहरुलाई नष्ट गर्ने तयारी गरिदै छ । यस बारे थप विवरण आउन बाकी छ ।
यसरी ठुलो परिमाणमा अबैध कुखुराका चल्ला बरामद हुने तर कारोवारी पक्राउ नपर्नलाई प्रहरीले कारोवारीहरुलाई पक्राउ गर्न नखोजीएको आशंका गरिएको छ ।