काठमाडाै असाेज २० –
गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन गरेर तीन तहको चुनाव गराउने सरकारको दायित्व भएको भन्दै सरकारको प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनु भएको छ ।
६१औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले प्रहरीले लामो इतिहासमा बिभिन्न आरोह अवरोह पार गर्दा जनताको विश्वास जितेको बताउनु भयो ।
लोकतान्त्रिक संविधान जारी भएको अवस्थामा अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्ने जिम्मेबारी बोकेकाले प्रहरी संगठनले त्यसलाई प्राथमिकतामा राख्न गृहमन्त्री निधिले आग्रह गर्नु भयो ।
कार्यक्रममा उपप्रधानमन्त्री निधिले कर्तव्य पालनाको शिलशिलामा शहीद भएका प्रहरीको आश्रति परिवारलाई उचित सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनलाई भौतिक संरचनामात्रै नभएर गृहमन्त्रालय र सरकारले अविभावकत्व पनि दिन सक्नुपर्ने बताउनु भयो ।