२० असोज, काठमाडौं/
अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्री सम्पर्कबिहीन भएका छन्। बिहान १० बजेसम्म सर्वोच्च प्रशासन सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कबिहीन भएका हुन्। उनको मोबाइल स्वीच अफ छ।
‘म्याद टाँस गर्न जानलाई उहाँ कार्यालय आउँदै हुनुहुन्थ्यो। हामी कुरिरहेका छौं। उहाँको मोबाइल स्वीच अफ छ’, सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘कार्यालयका आवश्यक पत्रहरु उहाँसँगै छन्।’

Sambhu Khatri from the Supreme Court (SC) at the house of CIAA Chief Lok Man Singh Kari at Old Baneswor, Kathmandu on Wednesday, October 05, 2016. Sambhu Khatri had gone to the house to give notice to Lok Man Singh Karki to be present at the SC. But after knowing the house was given on rent, he returned without any action.
Photo: Bijay Gajmer/Republica/Nagarik
दोस्रो दिन म्याद तामेल गर्न जान बोलाइएपछि ट्याक्सी चढेर आउँदै गरेका उनी सर्वोच्च अदालत नआइपुग्दै सम्पर्कबिहीन भएका हुन्। बिहानसम्म सर्वोच्च प्रशासनको सम्पर्कमा रहेका उनले घरबाट सिधै अख्तियार जाने बताएका थिए। प्रशासनले सर्वोच्च आएर जान भनेपछि ट्याक्सी समातेर उनी कार्यालय हिँडेका थिए।
‘म्याद टाँस गर्न जानलाई उहाँ कार्यालय आउँदै हुनुहुन्थ्यो। हामी कुरिरहेका छौं। उहाँको मोबाइल स्वीच अफ छ’, सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘कार्यालयका आवश्यक पत्रहरु उहाँसँगै छन्।’
हिजो म्याद तामेलीका लागि सर्वोच्चको टोली कार्कीको वानेश्वर हाइटस्थित निवास पुगेको थियो। तामेलदार खत्री नेतृत्वको टोलीसँगै सबै कागजपत्र हिजैदेखि साथमा रहेको छ।
बुधबार म्याद बुझाउन गएको टोली काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कार्कीको निवासमा सूचना नटाँसी फर्किएको थियो।
घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडा सचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था भए पनि सचिव राई नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो। राष्ट्रपतिको कार्यालय शितलनिवासलाई समेत विपक्षी बनाइएको उक्त सूचनामा कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नभई पूर्व मुख्य सचिवका रुपमा चिनाइएको छ।
कार्कीका नाममा तामेलीका लागि पठाइएको सूचनामा भनिएको छ– ‘यस अदालतबाट मिति २०७३र५र३१ पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपि साथै राखी जानकारीको निम्ति यो सूचना पठाइएको छ। सो मुद्दामा आफ्नो सबुत प्रमाण लिई तपाईं आफैँ वा ऐनबमोजिम वारेसलाई उपस्थित हुन पठाउनु होला। सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ।’
नागरिक न्युज बाट