२४ असोज, बुटवल
आज नवरात्रिको नवौं दिन अर्थात् अाज महानवमी, आज दुर्गामाताको नवौं शक्तिस्वरुपा सिद्दिदात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र साथै आज महालक्ष्मी देवीको पनि पूजा अर्चना गर्ने गरिन्छ । आजको दिन शक्तिस्वरुपा सिद्दिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसारै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपुराणमा उल्लेखभएअनुसार यिनै देवीको असिम कृपालेगर्दा शिवजी स्वंले पनि सिद्दि पाएका हुन् । सिंहको वाहनमा विराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । यिन्को साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ र शक्तिस्वरुपा सिद्दिदात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्कण्डेय पुराणमा उल्लेखित छ ।
मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठवटा सिद्दत्वको व्याख्या गरिएको छ । आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इन्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरका रुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।