अर्घाखाँची १५ मसिर ।
अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेसवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको बिरुद्धमा आन्दोलनका कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउन अर्घाखाँचीमा क्रियासिल सबै दलहरु सहमत भएका छन ।
घर र बेसीको सम्बन्ध रहेको पहाड र तराईलाई छुट्याउने योजनाका साथ सम्सोधन प्रस्ताव ल्याइएको बिरुद्धमा आन्दोलनका कार्यक्रम अगाडी बढाउन नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानको संयोजकत्वमा १३ सदस्यीय संयुक्त संघर्ष समित गठन भएको छ ।
आज मदन आश्रित स्मृति भवन सन्धिखर्कमा भएको सर्बदलिय तथा सर्ब पक्षिय बैठकले संबिधान प्रस्ताव फिर्ता नहुदा सम्म चरणबद्ध रुपमा आन्दोलन अगाडी बढाउने निर्णय गरेको भेलामा सहभागि उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए ।
जस्का लागि संयोजन गर्न कांग्रेस सभापति बिष्णु मुस्कानको संयोजकत्वमा जिल्लामा क्रियासिल १० राजनितिक दलका प्रमुख, पत्रकार महासंघका जिल्ला अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष र अन्तर पार्टी महिला सञ्जालकि अध्यक्ष सदस्य रहने गरि १३ सदस्यीय समिति गठन गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको भनाई छ ।
उद्योग वाणिजय संघको नेतृत्वमा आब्हान गरिएको अनिस्चितकालिन जिल्ला बन्दलाई निरन्तरता दिने र अबको आन्दोलनको नेतृत्व आज बनेको संघर्ष समितिले गर्नेछ । संघर्ष समितिमा जिल्लामा क्रियासिल राजनितिक दलहरु नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारयण आचार्य, नेकपा माओवादि केन्दका जिल्ला संयोजक ठाकुर बिक, राष्ट्यि जनमोर्चाका झबिलाल थापा, राप्रपाका अम्मर बहादुर थापा, नँया बक्तिका गोकर्ण थापा, , परिवार दलका डिल्लीराज भुसाल लगायगत जिल्लामा क्रियासिल दलहरुका प्रमुख रहेका छन ।
संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आज गरिएको अनिस्चितकालिन अर्घाखाँची बन्दले जिल्लाको जनजीवन पुर्ण रुपमा प्रभावित बनेको छ । उद्योग बाणिज्य संघको नेतृत्वमा सन्धिखर्कमा बिरोध प्रदर्शन गरिएको छ । बिरोध जुलुसले सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गरेको छ ।
बुधबार आजको बन्दका करण जिल्लाका सम्पुर्ण शैक्षिक सस्था ,कलकरखाना, बजार र यातायातका सम्पुर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थीहरु घर फर्किएको देखिन्थ्यो । उद्योगी बयबसायी तथा युबा विद्यार्थीहरु बजार बन्द गराउन नहिडे पनि स्वतस्फुर्त रुपमा बजार गाडी तथा शैक्षिक सस्था बन्द रहेका छन ।
साभार:नागरिक आवाज