भैरहवा,१५ फागुन ।
युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको प्रहरीले बताएको छ ।प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनकार मनोज नै भएको बताएको छ ।
साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ, जसमध्ये पुन सहित ४ जना फरार छन् भने ८ जना पक्राउ परेका छन् । रुपन्देही देवदह-६ का २९ वर्षीय मनोज फरार छन् ।
उनले व्यक्तिगत रिसिइबीकै कारण तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर ३ का विकास भन्ने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटर राजु भन्ने प्रयोग भएको र उनी पनि फरार रहेको एसपी रविन्द्र धानुकले जानकारी दिए । प्रहरीले हत्यामा भूमिका खेल्ने ८ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये खेमराज भण्डारीले सुटरलाई लिएर जाने र भगाउने काम गरेका थिए । तिवारीको पुस ४ गते हत्या भएको थियो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले “मिति २०७३।०९।०४ गते दिँउसो अं.१५स३० बजेको समयमा जिल्ला रुपन्देही देबदह नगरपालिका वडा नं.७ बस्ने बर्ष ४० को दुर्गा प्रसाद तिवारी लु २५ प८४४१ नंको मोटरसाईकल चलाई खुसी न्यौपाने सहित पौडेल मिष्ठानभण्डार देखी कोलिया मार्गको बाटो हुदै देबदह नगरपालिकाको कार्यालय तर्फ गई रहेको अवस्थामा देबदह नगरपालिका वडा नं.८ कोलिया मार्ग सडकमा तत्काल एकिन पहिचान नखुलेका रातो पल्सर मोटरसाईकलमा सवार रहेका दुई जना मानिसहरु मध्य उक्त मोटारसाईकलको पछाडी बसी सवार रहेको मानिसले निज दुर्गा प्रसाद तिवारीलाई गोली हानी सख्त घाईते गराएकोमा दुर्गा प्रसाद तिवारीको उपचारको क्रममा देबदह मेडिकल कलेजमा मृत्यु भएको घटना सम्बन्धमा बिभिन्न आयमहरुबाट अनुसन्धान तथा प्रहरी कारबाही गर्दै जाँदा सोही दिन तिनपा-१४ स्थित रोहेणीपुलमा बजाज कम्पनीको रातो रङगको बा ५१ प ८०७३ न.को मोटराईकल बरामद भएको, सोही दिन देबदह स्थित बिभिन्न व्यक्तिहरुको मोवाईलमा गलपलयधल लय बाट फोन गरी जिल्ला रुपन्देही देबदह नगरपालीका वडा नँ-६ बस्ने छबीलाल बुढामगरको छोरा मनोज पुन भन्ने मनोज बुढामगरले हत्याको जिम्मा लिएको सन्दर्भमा अनुसन्धान तहकीकात गर्दा ब्यक्तिगत प्रतिशोध, क्रुर आततायी, पासबीक, अपराधिक मनोबृतीका कारण निजले बिभिन्न मानिसहरुलाई परिचालन गरी गराई भारतिय मोटरसाईकलमा नक्कली नेपाली नम्बर लगाई हातहतियार ओसार पसार गरी हत्या गराएको अनुसन्धानबाट खुन्न आएको ।
दुर्गा प्रसाद तिवारीको हत्या पश्चात निजले रुपन्देहीका बिभिन्न ब्यक्तिहरुलाई फोन गरी धम्की दिई पैसा माघ्ने समेत गरेको । पैसा सँकलनमा समेत बिभिन्न अपराधमा सँलग्न मानिसहरुलाई परीचालन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको । साथै उक्त घटनामा सँलग्न रही फरार रहेका अभियुक्तहरुको समेत खोजतलास भई रहेको ।
हालसम्मको अनुसन्धानबाट हत्यामा संलग्न र पक्राउमा परेका व्यक्तिहरुको बिबरण र घटनामा निजहरुको भुमीकाः
१- नामः मनोज पुन भन्ने मनोज बुढामगर [फरार], २९ बर्ष, जिल्ला रुपन्देही देबदह नपा-६
भुमिकाः- घटनाको मुख्य योजनाकार ।
२- नामःबिकास भन्ने सोम बहादुर आले [फरार], ४० बर्ष, जि .रु.सि.न.पा-१३
भुमिकाः घटनाको योजनाकार ।
३-नामः- श्याम गुरुङ ।[फरार], ३० बर्ष, जि.बारा गढीमाई नपा-१
भुमिकाः- घटनाको योजनाकार ।
४- नामः राजु भन्ने [फरार] भुमिकाः- घटनाको सुटर
५- नामः-बाबु भन्ने तुल बहादुर सिँजाली [फरार], २७-२८ बर्ष, देबदह नपा-३ सेमराना
भुमिकाः-हातहतियार तथा गोली दिने राख्ने ।
६- नामः बसन्त बहादुर चापागाई, ३१ बर्ष, देबदह नपा-६
भुमिकाः मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिन दिनभरी दुर्गा प्रसाद तिवारीको गतिबिधिको निग्रानी गरी जानकारी गराएको ।
७- नामः- बुद्धिसागर यादब, २७ बर्ष, तिलोत्तमा नपा-१५
भुमिकाः- घटना घटाउने उद्देश्यले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प ८०७३ नं को मोसा लुकाई छिपाई केही महिना अघी देखी आफ्नो घरमा राखि दिएको र घटना हुदाको दिन आफ्नो भाई राजेश यादव संग उक्त मोटरसाईकल पठाई दिएको ।
८- नामः- राजेश यादव, २४ बर्ष, तिलोत्तमा नपा-१५
भुमिकाः-दाजु बुद्धिसागर यादवले घरमा ल्याई राखेको बा ५१ प ८०७३ नं को घटना हुदाको दिन रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको ।
९- नामः- प्रयास भन्ने खेमानन्द भट्टराई,उमेरः-,३३ बर्ष, तिलोत्तमा न.पा.८
भुमिकाः मनोज पुन [ बुढा मगर] को निर्देशन बमोजिम घटन हुदाको दिन मिति २०७३।०९।०४ गते बिहान सुटरलाई आफ्नो लु २८ प २११९ नंको मो.सामा राखी रोहणी पुल सम्म पुर्या एको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाईकलमा रोहणी पुलबाट मणिग्राम सम्म पुरयाएको । सागर थापाको मोवाईल तथा सिम भाचेर फालि दिएको। मणीग्रामवाटसुटरलाई पोखरातर्फ र सागर थापालाई पाल्पा हुदै गुल्मी रिडीतर्फ पठाएको ।
१०- नामः- सागर थापा, २३ बर्ष, देबदह न.पा.- ८
भुमिकाः-राजेश यादव संगबाट बा ५१ प ८०७३ नं. को मोटरसाईकल रिसिभ गरी सुटरलाई मोटरसाईकलको पछाडी राखी देबदह खैरेनी तर्फ आई साईकल पसलबाट पौडेल मिष्ठान भण्डार अगाडी रहेका दुर्गा प्रसाद तिवारीलाई वाच गरी निज दुर्गा प्रसाद तिवारी मोटरसाईकलमा जादै गरेको अवस्थामा निजको पिछा गरी देबदह ८ स्थित कोलिया मार्गमा पुगेको अवस्थामा निजले मोटरसाईकल दुर्गा तिवारी चलाएको मोटरसाईकलको केही अगाडी लगे पश्चात सुटरले दुर्गा प्रसाद तिवारीलाई गोली हानी सेमराना हुदै रोहणी पुलमा पुगी मोटरसाईकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नंको मोसा मा मणिग्राम तर्फ गई निज सो दिन पाल्पा तर्फ लागेको ।
११- नामःअंगद थारु, २८ बर्ष, धकधई- ८ परासी झुङगा ।
भुमिका -( हातहतियार संकलन, ओसापोसार, फिरौती रकम उठाउने ।
१२ -नामः ऋषिश्वर कुमाल, २८ बर्ष, देबदह नपा-९
भुमिकाः हातहतियार संकलन, ओसापोसार, फिरौती रकम उठाउने ।
साथै उल्लेखीत घटना बिबरण सम्बन्धमा अन्य थप स्थानीय तथा बाहीरीमानिसहरुको सँलग्ता पनी हुन सक्ने हुँदा त्यस तर्फ नेपाल प्रहरीले गम्भिरतापूर्बक निग्रानी गरी राखेको । निज मनोज बुढामगरलाई कुनै पनी प्रकारको सहयोग नगर्न, नगराउन सम्पूर्णमा अनुरोध गरिन्छ । साथै कुनै प्रकारको सहयोग गर्ने, सुचना दिने वा अन्य गतिबिधिमा सँलग्न भए गरेको पाईएमा जो सुकैलाई पनी कानून बमोजिम कडा कारबाही गरीने समेत जानकारी गराईन्छ । ” भनेको छ ।